Breaking

एक महिना अगाडि मनाएको लोसारको शुभकामना दिँदै राष्ट्र प्रमुख, तिथिमितिमा वेवास्था गरेको शेर्पा समुदायको गुनासो


काठमाडौँ – गत माघ २७ गते मनाइएको शेर्पा समुदायको ग्याल्पो ल्होछारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायतले आज शुभकामना दिनुभएको छ ।

शेर्पा समुदायका अगुवाहरूले पंचाङग निर्णायक समितिले आफ्नो पर्वको तिथि मिति माथि वेवास्था गरेको गुनासो गरेका छन् । भोट चन्दपात्रो अनुसार माघ २७ गते ग्याल्पो र सोनाम लोसार एकै दिन परेको थियो । पंचाङग निर्णायक समितिले भने आज ग्याल्पो लोसारको तिथि जुराएको थियो । सञ्चार मन्त्री रेखा शर्माले माघ २७ गतेको ग्याल्पो लोसारको कार्यक्रममा तिथि घटबढका विषयमा पंचाग निर्णायक समिथि समक्ष शेर्पा समु्दायको उपस्थिति गराएर सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो । राष्ट्रपति पौडेलले ग्याल्पो लोसारजस्ता पर्वहरूबाट सबै नेपाली बीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्तगर्नु भएको छ । यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास उहाँको छ । यस्तै, उपराष्ट्रपति यादवले शुभकामना दिंदै नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्तगर्नु भएको छ ।