Breaking

गृहमा रवि पुग्दा नेता अत्तालिए, हनिमुन अघिनै गगन–विश्वदेखि नारायणकाजीसम्म खनिए, काम गर्न देउ


काठमाडौँ – सञ्चारकर्म छोडेर राजनीति रोजेको रास्वपा सभापति रवि लामिछानेलाई चुनाव जति फापेको छ सत्ता संधै सकस बन्ने गरेको छ । पुराना दल र नेताको विरासत भत्काउँदै पहिलो चुनावमै सांसद हुँदै गृहमन्त्री बनेका लामिछाने नागरिकता र राहदानी विवादले सत्ताच्युत भएका थिए । पहिलो सत्ता यात्रामा नागरिकता विवादले धेरै थोक गुमाएका लामिछाने अझ जनताको भारी मतले सांसद हुँदै राजनीतिक समिकरण मिलेपछि गृहमन्त्रालयमै पुनरागमन त भए तर सहकारी प्रकरण गलपासो बनेको छ । गृहमन्त्री बनेर गृहकार्य थाल्न नपाउँदै लामिछानेमाथी घेराबन्दी सुरु भएको त छ नै नैतिक प्रश्न झन झन पेचिले बन्न थालेको छ ।

रविको राजनीतिक छवि माथि प्रश्न उठाएर ऐठन हुने गरी पटक पटक प्रहार भएको विषय नौलो हैन । राजनीतिमा बामे सर्दै गरेका रवि लामिछानेले पुरानादलको घण्टी बजाईदिएपछि हायक कायल भएका शिर्षत नेताहरु ताकपरे उनलाई पिंजडाको सुगा बनाउने दाउँमा छन् । अर्थात सुगाँलाई (गोपी कृष्ण कहु) भन्न लगाए जस्तो सुगाँ रटान लगाउने, नमाने व्यक्तिगत इगो साथेर राजनीतिक अस्त्रका रुपमा प्रयोग गर्ने सकुनी चालमा छन् । उनको शहकारी ठगी प्रकरण त्यसैको उपज हो । भलै कानुनी र रानीतिक रुपमा रविमाथि अनगिन्ती प्रश्नहरु होलान तर जनताको जनमतले माननीय भएका रविलाई पेचिलो दाउँ पेचका बीच ओली प्रचण्ड गठबन्धले गृहमन्त्रीको जिम्मेवारी दिएको छ । ७२ घण्टा वित्न नपाउँदै रविमाथिको प्रहार अहिलेलाई बेकार हो । रवि हुन् कि छवि जुनसुकै माईकल लाल आएपनि अनिल कपुरको फिल्ममा जस्तो २४ घण्टामा चमत्कारीक परिवर्तन हुने छाट देखिदैन ।

निश्चय पनि रविमाथि सहकारीका विषयमा अनुसन्धान हुनुपर्छ तर कसैलाइ मन परेको छैन भन्दैमा रवि सत्तामा पुग्ने वितिकै खुट्टा तान्ने प्रवृती गलत हो । अहिलेनै दिनगन्ती सुरु भएको भाष्य निर्माण गरेर रविको विरोध गर्नु हतारो हो । कसमे कम एकसय दिन पुग्दा पनि रविले केही गर्न सकेनन् भने रत्नपार्कमै माईक लगाएर कराउदा पनि सायद त्यो स्विकार्य हुन्छ ।सहकारी ठगी प्रकरणमा रवि लामिाछने माथि अनुसन्धान चलिरहेको छ । उनलका लागि पूर्वसहयात्री जीवीराई गलपासो बन्दैछन् । राजनीतिक परिस्थितिले दोस्रो पटक गृहमन्त्रीमा कमब्याक गरेका रविले गृहमन्त्रालयमा आफ्नो गृहकार्यको थालनीपूर्व नै नैतिक प्रश्नको पेलानमा छन । अनुसन्धान गर्ने निकायको नेतृत्वमै रवि पुगेपछि स्वार्थ बाँझिने गरि पदमा बस्न नमिल्ने भन्दै रविमाथि नै प्रश्न उठेको छ । नैतिकताका आधारमा समेत रविले पद छोड्नुपर्ने माग भइरहेको छ । यसअघि थोरै समय मन्त्रालय सम्हाल्दा प्रशासनिक क्षेत्रमा प्रहरी सरुवा बढुवादेखि केहि राम्रो कामको सुरुवात गरेका लामिछाने आफ्नो काम देखाउन नपाउँदै सत्ताच्यूत भएका थिए । अहिले सहकारी प्रकरणमा मुछिँदा मुछिँदै अडान कसेरै स्वार्थ बाझिने मन्त्रालयको नेतृत्वमा पुगेपछि आलोचित मात्र छैन रवि दैनिक दर्जनौ प्रश्नले हैरान छन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समिकरण फेरेपछि प्रतिपक्ष कित्तामा पुगेको र हुँदाखाँदाको सत्ताको सुखसयल गुमेको झोकले रनथनिएका कांगे्रेसीहरुले प्रचण्डलाई धोकेबाज करार गर्दा रवि लामिछानेमाथि पनि छेडखानी सुरु गरेकाछन् ।
कांग्रेस नेताहरुको नजरमा नयाँ गठबन्धन भन्दा रवि लामिछाने आँखाको तारो बनेका छन । रवि नयाँ गठबन्धन खुल्याउने बलियो अस्त्र बनेको विश्लेषण सुरु भएको छ ।सत्तामा रहेकालाई प्रश्न सोध्नु प्रतिपक्षको धर्म हो । तर रविले राम्रा काम गर्छन भन्ने विश्वास सत्तारुढ दलकै सांसदहरुलाई छैन । सत्ता गठबन्धनकै नेताहरु रविको खुट्टा तान्न उदत्त छन ।

हुनत नैतिकताको प्रश्नले अरुलाई पुर्लुक्कै पार्ने रविमाथी झनै ठूलो पहाड खडा छ ।
केहि समय अघि बरु समुद्रमा हराएको टाईटनिक भेटिएला तर तपाईँमा नैतिकता भेटिन्न भन्नै यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने लामिछाने अहिले आफै लाजै नमानी स्वार्थ बाझिने गृहमा गएकाछन् । अर्थपूर्ण काम गर्न भन्दै गृहमा गएका रविले जनता र नेताहरुका प्रश्नको उत्तर कसरी दिन्छन् ? स्वार्थ सिद्ध गर्न मात्र गृहमा गएका हुन या साँच्चै अर्थपूर्ण काम गर्लान् ? यसको जवाफ ढिलो चाँडो समय र मुख्यत रविको कामले पक्कै दिनेछ ।