Breaking

आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्रीप्रति कांग्रेस नेता सिटौलाको रोष प्रकट


काठमाडौं ।नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई धोका दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति रोष प्रकट गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले धोकाधडीको राजनीति सुरु गरेको भन्दै नेता सिटौलाले यो यहीं नटुंगिने चेतावनी समेत दिनुभयो । नेता सिटौला, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको थियो ।

पार्टीको कार्यकारी पदमा समेत नबसेर शान्त तरिकाले बसिरहेको व्यक्तिलाई राष्ट्रिय सभामा ल्याएर गम्भीर धोका दिएको सिटौलाको गुनासो छ । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा अध्यक्ष बन्ने तयारीका साथ सिटौलालाई राष्ट्रियसभामा ल्याइएको थियो ।।