समाचार

धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छ : प्रथम राष्ट्रपति यादव


काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभएको छ ।

मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सामिल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताउनु भयो । उहाँले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउनु भयो ।

उहाँले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताउनु भयो । प्रथम राष्ट्रपति यादवले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताउनु भयो ।