समाचार

जुत्ता चप्पल फुकालेर मिटर ब्याज पीडित प्रदर्शनमा


काठमाडौं । मिटर ब्याज पीडितहरूले प्रर्दशन आज पनि जारी छ । उनीहरुले भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन।

मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले आज ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्। पीडितहरूले जुत्ता फुकालेर सिंहदरबारतर्फ खुट्टा देखाएका छन् ।

उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए ।