Breaking

सप्तरीमा मोटरसाइकलसँगै अलपत्र अवस्थामा युवकको शव भेटियो


काठमाडौँ— कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवको शव आज पुलमुनि भेटिएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश ३०६१ नम्बरको मोटरसाइकल नजिकै उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ ।

पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।