Breaking

पशुपतिमा लाखौँ भक्त भोलेनाथको शरणमा, गाजा र नागा बाबाका रोचक दृष्य, कम छैन शिवको महिमा


काठमाडौँ – आज महाशिवरात्री, हिन्दु धर्मवलम्बीलगायत भगवान् शिवलाई मात्रे सम्पूर्ण अनुरागीहरूको महत्वपूर्ण पर्व, भगवान् शिवको विशेष पूजा आराधना गरी देशभर मनाइएको छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी यो पर्व मनाउने गर्दछन् ।

शुक्रबार संसारभरका हिन्दु धर्मावलम्बीहरूले महाशिवरात्री पर्व धुमधामका साथ मनाएका छन् । हिन्दुमात्र नभई किरात धर्म मात्रेहरूले पनि किरातेश्वरको रुपमा देशैभरका शिवालयहरूमा देवादिदेव महादेवको पूजा आराधना, भजन किर्तन गरी महाशिवरात्री पर्व मनाएका हुन् । हरेक वर्ष झै यस वर्ष पनि राष्ट्रप्रमुखदेखि आम सर्वसाधारण दर्शनार्थीहरू काठमाडौंस्थित आराध्यदेव पशुपतिनाथ मन्दिरमा दर्शनका लागि पुगेका थिए । बिहानैदेखि पाशुपत क्षेत्रमा भगवान् शिवको दर्शनका लागि भक्तजनहरूको ठूलो भीड लागेको थियो । भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारवटै ढोकाबाट एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको थियो । दर्शनका लागि बिहान २ बजेदेखि ढोका खुला गरिए पनि राष्ट्रदेव पशुपतिनाथको क्षेत्रमा भने बिहीबार रातिदेखि नै भक्तजनहरूको भीड लागेको थियो । महाशिवरात्रीको विशेष दिन शुक्रबार पनि त्यो भीड थामिनसक्नु थियो ।

मोहरात्री, कालरात्री, सुखरात्री र महाशिवरात्री चार रात्री मध्येको महत्वपूर्ण महाशिवरात्रीका दिन नै भगवान् आशुतोषको प्रार्दुभाव भएको स्मरणमा यो पर्व मनाइने गरिन्छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनको रुपमा पनि लिने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गर्ने गर्छन् । यो दिन उपवाससहित भगवान् शिवको मन्त्र जप गर्दा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ । संसारमा रहेका सारा प्राणी जगत्को अधिष्ठातासमेत रहेका शितिकण्ठ प्रार्दुभाव भएका कारण पनि यो दिन शिवभक्तका लागि खास रहने गर्छ ।
महाशिवरात्रीकै लागि भनेर देशका विभित्र स्थानसहित भारत, श्रीलंकाबाट पनि साधुसन्त महन्तहरू पशुपतिमा आउने गर्छन् । महाशिवरात्री पर्यावाची नै बनिसकेको उनीहरूलाई यस पर्वको रौनककै रुपमा पनि हेरिने गरिन्छ ।

हिन्दु धर्ममात्रै नभई शिवलाई विभित्र रुपमा मात्रेका लागि पवित्र धार्मिकस्थल पशुपतिनाथको छुट्टै महत्व रहिआएको छ । मृत्युलाई समेत जित्न सक्ने मृत्युञ्जयको दर्शनका लागि पाशुपत क्षेत्रमा आएका भक्तजनहरूको भीडले पनि पशुपतिनाथप्रतिको आस्था स्पष्ट पार्दछ । जति सुकै सास्ती व्यहोरेर भए पनि सर्वसाधारण माथा टेक्नका लागि पशुपतिमा आउने गर्छन् । टाढा टाढाबाट पशुपतिको दर्शन गर्न आएका सर्वसाधरणले विगतका दिनहरूमा निकै सास्ती भोग्ने गरेता पनि यसपटक भने सहज तरिकाबाट नै दर्शन गर्न पाएको अनुभव सुनाए ।

लोक कल्याणमा रहेका शितिकण्ठ आराध्यदेव पशुपतिनाथमा आउने श्रद्धालु भक्तजनहरू दर्शनका लागि मिलाइएको व्यवस्थापनप्रति सन्तुष्ट छन् । महाशिवरात्री कै लागि भनेर पशुपति क्षेत्र विकास कोषले करोडौं रकम खर्च गर्ने गरेको छ । प्रत्येक वर्ष आगन्तुक भक्तजनहरूले दर्शनका लागि सास्ती खेप्ने गरेको गुनासो गरिरहँदा यस वर्ष भने आफ्नो कमीकमजोरीलाई व्यवस्थापन गर्न कोष सफल भएको देखिन्छ ।