Breaking

रमेश लेखकले प्रचण्डको झाँको झारे, बचाउ गर्ने कोही भएन, ‘देश बनाउन ओली रोजें’


काठमाडौँ – प्रचण्डको फेरिदो सत्ता यात्राले धोका भएको निष्कर्षमा पुगेको कांग्रेसले संसदमा प्रधानमन्त्री माथि प्रश्नै प्रश्नको वर्षा गरेको छ । सत्ताका लागि गठबन्धमा धोका दिएर बैमान गरेको भनेको कांग्रेसले धोका पाएकाहरु एक ठाउँमा उभिए प्रचण्डको हविगत खराव हुने भनेको छ ।

संघिय संसदको रोस्टममा विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ, म बेइमान होइन ।त्यसपछि कांग्रेस सासद तथा प्रमुख सचेतक रमेश लेखक– प्रचण्ड बेइमाननै हुन् ।

फेरि प्रचण्ड– मलाई कांग्रेसका मन्त्रीले काम गर्न दिएनन् । रमेश लेखकको जवाफ– १४ महिनासम्म टुलुटुलु के हेरेर बस्नु भएको थियो ? हाम्रा मन्त्रीले तपाईको हात समाईदिए ?

प्रचण्डले धोकाधडी गरेर काँध फेरेको निष्कर्षमा पुगेको कांग्रेसले उनकै मुखबाट जवाफ ओकल्न लगाउने गरी संसदमा विहीबार प्रश्नको फायर खोल्यो । उसै पनि सभापति शेरबबादुर देउवाले धोकेबाज हौ तिमी भन्दै बुढानिकण्ठबाट प्रचण्डको नाममा धोकेबाज करार गरिरहेका बेला देउवाकै विश्वास पात्र मानिने रमेश लेखकले शव्द र लय मिलाएर प्रचण्डमाथि शव्दबाँण छोड्दा कांग्रेसका अन्य सांसदहरु भने बढो घत मानेर धावाधावा टेबल ठोक्दै थिए ।

कांग्रेस र माओवादीबीचको यो दोहोरीमा अझै केही गंभीर तार्किक विषयको उठान भएको छ । रमेश लेखकले घुमारौ भाषामा प्रचण्डलाई पटक पटक धोका दिएको र धोका पाएकाहरु एक ठाउँमा उभिएको खण्डमा तपाईको हालत के होला भन्दै प्रश्न गरे । यद्यपी प्रचण्डले भने सत्ताको लागि नभई देश र जनताको खातिर आफुले देउवाक्याप छोडनु परेको दाबी गरेकाछन् । प्रचण्डले संसदलाई सम्बोधन गर्दै ६ कारण आफुले कांग्रेससंगको गठबन्धन तोडेर नयाँ समिकरण गरेको भनेकाछन् ।

प्रचण्डले कांग्रेससंगको गठबन्ध तोडनु पर्ने पहिलो कारणका रुपमा
व्यक्तिगत रुपम आफुलाई अप्ठेरो नभई राजनीतिक परिणाम निर्णायक भएको भनेका छन् ।
त्यस्तै दोस्रोमा चुनावमा कांग्रेसबाट माओवादीले साथ नपाएको भनेका प्रचण्डले तेस्रो नम्बरमा महासमितिमा कांग्रेसले धर्मको नाममा हस्ताक्षर चलाएको तर्क गरेकाछन् । चौथोमा महासमितिमा धर्मका नाममा चलाएको हस्ताक्षरले संविधान प्रतिबद्धतामा आशंका उव्जाएको प्रचण्डको भनाई छ । पाँचौ नम्बरमा जनयुद्धलाई दानबीकरण गरिएको आरोप लगाएका प्रचण्डले छेटौ बुद्धामा आफुलाई प्रधानमन्त्रीको रुपमा कांग्रेसले न्याय नगरेको औल्याएका छन् । प्रचण्डले यीनै ६ कारणलाई आधार मानेर आफुले कांग्रेससंगको सहकार्यमा बीट मारेको उल्लेख गरेकछन् ।

यद्यपी सत्ताबाट बाहिरीदाको छटपटीमा परेको कांग्रेसले भने पटक पटक प्रधानमन्त्री प्रचण्डबाट धोका भएको र सधै यही अवस्था नहरने भन्दै आउने परिस्थितीको सामना गर्न चुनौती दिएको छ ।
प्रचण्डले कांग्रेससंग मिले आफु ठिक र अर्कोसंग मिले बेइमान भन्ने भाष्य निर्माण नगर्न भनेकाछन् ।
संसदमा बोल्ने क्रममा कांग्रेसका नेताहरुले पुरापुरा प्रचण्ड लक्षित अभिव्यक्ति दिएर समय गुजार्दा ओलीमाथि भने थोरै पनि प्रश्न उठाएनन् । यसले पनि कांग्रेस ओली चिढ्याउन नहुने लाईनमा छ भन्ने बुझ्न कठिन छैन । भोलि परिस्थिती बदलिन सक्ने र ओलीको बलमा पहिलो र दोस्रो शक्ति मिलेर सरकार निर्माण हुन सक्ने संम्भावनालाई ख्याल गर्दै कांग्रेसले एमालेमाथि प्रश्न उठाएको छैन । यदि प्रचण्डको छेपारे प्रवृद्धीले पीडित भएकाहरु एक ठाउँमा उभिने संकल्प गरे प्रचण्डले सत्ताबाट बडारिनुको विकल्प छैन । रमेश लेखकको धोका पाएकाहरु एक ठाउँमा उभिए भने के होला भन्ने प्रश्नले पनि शंकामा बल पु¥याउँ छ ।

१४ महिना कांग्रेसको बुई चढेर सत्ताको राजकाजमा विराजमान भएका प्रचण्डले रातारात गठबन्धन फुटाएर ओलीसंग मित लगाएपछि कांग्रेस रुष्ट छ । उनले फेरि एक पटक छिर्के हानेर सत्ताको आयु लम्व्याएकाछन् । पार्टीभित्र पटक पटक प्रचण्डको विकल्प खोज्नु पर्ने विषयमा सवाल उठ्दा मौन बसेका देउवालाई प्रचण्डले सुटुक्कै धोका दिएपछि देउवा स्वमय पार्टीभित्र नैतिकताको कसीमा छन् । यद्यपी प्रचण्डको धोकाधडी देउवाको लागि नौलो भएपनि यो नै पहिलो भने हैन । यसअघि २०७९ पुष १० मा एमालेसहितको गठबनधबाट प्रधानमन्त्री भएका प्रचण्डले ओलीको पेलानले निसास्एिको भन्दै २ महिनामा गठबन्धन फुटाएर कांग्रेसको सहयोगमा प्रधानमन्त्री बनेका थिए , अहिले फेरि देउवा भन्दा ओलीनै ठिक भन्दै बालकोट तिरै लेपासिन पुगेपछि प्रचण्डको राजनीतिक चरित्रमाथि प्रश्नै प्रश्न उठेको छ । तर राजनीतिमा कुटनीति चल्ने भन्दै नेताहरु यसलाई ठूलो अर्थमा लिदैनन् ।