Breaking

एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान – बजे बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

उनका अनुसार फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गर्ने तयारी छ ।
सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकारमा गएपछि पहिलोपटक पार्टी बैठक बस्न लागेकाले त्यसैमा धेरै केन्द्रित हुने उनले बताए ।