समाचार

पशुपति जाँदै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र पार्किङ


काठमाडौ – महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पाशुपत क्षेत्र आसपास दर्शनार्थीहरूको भीडभाड हुने भएकाले सवारी साधनलाई डाइभर्सन गरिएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो(बानेश्‍वर, ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुबहाल, गौरीघाट र तिलगंगाबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाइभर्सन गरिएको छ ।

गौशाला क्षेत्रमा शिवरात्रिका दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन् ।

उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ । प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाइभर्सन ड्यूटी लगायतमा ट्राफिक प्रहरी परिचालन गरिने छ ।