Breaking

भारतसँगको हारले नेपाल साफ यू-१६ महिला च्याम्पियनसिपको फाइनल पुग्न असफल


काठमाडौँ घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो ।

नेपाललाई हराएर दोस्रो जित हात पारेको भारतले फाइनलमा स्थान बनाएको छ र बंगलादेशसँग उपाधि भिडन्त पक्का गरेको छ । फाइनल आइतबार हुने छ ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमै बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि भुटानलाई हराएको थियो ।