Breaking

इलाम २ को उपनिर्वाचनमा प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं : रास्वपा


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम २ को उपनिर्वाचनमा राजनीतिक दलहरुका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ– इलामको उपनिर्वाचनमा हामी (राजनीतिक दलहरु) प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं’ बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।
एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । रास्वपाले उक्त उपनिर्वाचनमा एक्लै चुनाव लड्ने उनले बताए ।