राजनीति

कांग्रेस संसदीय दलको बैठक जारी


काठमाडौँ— नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । बैठक संघीय संसदको ल्होत्से हलमा बसिरहेको हो ।

बिहान साढे ८ बजे संसदीय दल कार्यसमितिको बैठक बसेपछि ९ बजेपछि संसदीय दलको बैठक सुरु भएको थियो ।

दलको बैठकमा नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियतबाट खेल्नुपर्ने भूमिका तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे राख्नुपर्ने विषयवस्तुबारे आफ्ना सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।

सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।