Breaking

आज कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडौँ— नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।

संघीय संसदको लोत्से हलमा बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ ।

सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ ।

एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।

देउवाको पहलमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा सामेल भएका छैनन् भने नागरिक उन्मुक्तिले पनि निर्णय गरिसकेको छैन ।

आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसेका छन् ।