Breaking

नेकपा एकीकृत समाजवादी प्रचण्ड सरकारमा सहभागी हुने


काठमाडौँ— नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ ।

नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न आज बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि थप निर्णय हुनेछ ।

खतिवडाले भने, ‘आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’