Breaking

माधवका लागि ओली–प्रचण्डको मरिहत्ते, देउवाले रोके फुट्नसक्छ नयाँ समीकरण, झलनाथमा सत्ताको हुटहुटी


काठमाडौँ – ओली र प्रचण्डले क्लाईमेक्स मिलाएर कांग्रेससहितको गठबन्धन फुटाउदा मजधारमा रहेको एकीकृत समाजवादी के गर्छ भन्ने विषय अझै टुङगिएको छैन । ओली र माधव बीचको तिक्तता र सहयात्रीका रुपमा रहेका प्रचण्डसंगको मित्रमिलन अब कुन बाटोमा डोरीन्छ भन्ने आम चासो छ । अहिले ओली देखि प्रचण्डसम्मले माधवलाई किन फकाईरहेकाछन् ?

माधवकोमायाले सुर्ताएकाओलीको बालकोटबाट कोटेश्वमा फोन, माधव जी,‘अस्वस्थ हुनुहुँदो रहेछ, स्वास्थ्यलाभको कामना छ है,’म आफै भेट्न आउन भ्याई न । गठबन्धन बनेको छ । प्रचण्ड र नारायणकाजी आउनु हुन्छ । प्रचण्डजीले भन्ने कुरा नै मेरो हो, उहाँको कुरा सुनिदिनुहोला,’ ओलीले यति भनेपछि माधवले ‘छलफल गरौँला’ भन्दै फोन राखे। यो मंगलबार कांग्रेससहितको गठबन्धन भत्काएर सत्ताको चाबी आफ्नो हातमा परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसंग गरेको टेलिफोन सम्बाद हो । यही सम्वादले पानी बाराबारको सम्बन्ध रहेको ओली माधवबीचको सम्वादहिनता तोडिएको छ ।

यतिले पनि नपुगेपछि ओली बेलुका नेताहरुसहित माधव नेपाल निवासमा आफै पुगे । जहाँ उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित प्रधानमन्त्री प्रचण्ड पनि सामेल थिए ।
ओलीले २०७७ मा संसद विघटन गर्दा नम्बरी भएर कालोपत्रे सडकमा हामी यहाँ छौ भन्दै विद्रोह गरेका माधव प्रण्डल अहिलेसम्म सत्ता सहकार्यमा एउटै नाउँमा थिए । तर प्रचण्डले रंग फेरेर उनै ओलीसंग कुम जोडेपछि अहिले माधवको ह्वात्तै सुगर प्रेसर बढेको छ । कुनै बेला ओली विरुद्ध विद्रोह गर्दा संगै सडकमा पलेटी ठोकेका माधवलाई प्रचण्डले सत्ताबाट सडकमै छोडेर ओलीको काँधमा बुई चढेर बन्दुक पड्काएपछि माधव पनि पर्ख र हेरको अवस्थामा छन् । यद्यपी समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी बीचको सहकार्यमा धेरै साइत हेर्नु नपर्ने संकेत गरेकाछन् ।

प्रचण्ड र ओलीलाई अहिले माधवको मायाले पिरोलेको नभई गठबन्धनको नम्बर बलियो बनाउन माधव फकाउनुको विकल्प नभएर यो हदसम्को प्रेम जागेको हो । हैन भने ओलीको साथले हौसिएर एकै पटक सत्ता उलटपुलट गर्दा एक वचन माधवसंग सल्लाह नगरेका प्रचण्डका लािग कोटेश्वर धाउँनु पर्ने अवस्था थिएन । राजनीतिमा पाका भएका माधवले पनि ओलीको बोली र प्रचण्डको भेटलाई आफुमाथिको प्रयोगका रुपमा राम्रैसंग बझेकाछन् । अहिले प्रचण्डले धोका दिएको लाईनमा देउवामात्रै नभएर माधव पनि क्लिएर छन् तर माधवसंग मिल्नुको विकल्प पनि छैन । पार्टी भित्रैका किसान श्रैष्ठ र प्रेम आलेहरु मन्त्रीहत्याउन लामो समयदेखि ओली माधव प्रचण्ड मिलाउन पापडबेलि रहेकाछन् । राजनीतिक कम व्यवशायीक ज्यादा भएका उनिहरुलाई कतै सत्तामा टासो लगाउन नसके कुन पनि बेला पार्टी छोडेर हिड्न सक्छन् । फलतः पार्टी जोगाउन र नेता कार्यकताए टिकाउन पनि माधवलाई प्रचण्ड ओलीसंग नमिले धर्म संकट छ । तर ओली प्रचण्डले माधवलाई भने कथमकदाचित सरकारमा सामेल भएको रास्वपाले धोकाधडी गरे आफू सुरक्षित हुनका लागि प्रयोग गर्दैछन् ।

नयाँ बनेको सत्ता समीकरणमा कुनै पनि भागबन्डाका कारण समस्या आउने परिस्थितिमा अंकगणित बलियो बनाउन पनि प्रचण्ड र ओलीले नेपालको साथ खोजेका छन् ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भागबन्डामै असन्तुष्टि जनाएर जुनसुकै बेलामा पनि सरकारबाट हात झिक्न सक्ने सम्भावनालाई पनि ओली–प्रचण्डले बुझेका छन्। रास्वपाले हात झिकेको खण्डमा सरकार पूर्ण सुरक्षित हुँदैन।अहिले केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाको चार दलीय गठबन्धन छ। नेकपा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपा २१ र जसपाका १२ सांसद छन्। सरकार गठनका लागि आवश्यक संख्या १३८ हो।यी दलहरू मिल्दा १४३ सांसद हुन्छन् र बहुमत जुट्छ। रास्वपा बाहिरिएको खण्डमा १ सय २२ जना मात्रै सांसद हुन्छन्। तर, अन्य साना दललाई ल्याएर सरकार टिकाउन एकीकृत समाजवादीको १० सिट महत्वपूर्ण हुन पुग्छ।

त्यसो त बागमतीसहितका केही प्रदेशमा नेपालको निर्णायक मतलाई पनि उनीहरूले नजरअन्दाज गर्न सकेका छैनन्। त्यही भएर पनि ओलीले प्रेमभाव देखाउँदै र प्रण्डलले दैलैमा पुगेर माधवसंग भेट गरेकाछन् ।बागमती प्रदेशमा एकीकृत समाजवादीका ७ जना सांसद छन्। यहाँ सरकार बनाउन ५६ सांसद चाहिन्छन्। कांग्रेस एक्लैको ३७ सिट छ भने माओवादी २१ र एमालेका २७ सांसद छन्। यो अवस्थामा एमाले र माओवादी मात्रैले सरकार बन्न सक्ने अवस्था छैन। एकीकृत समाजवादी समेतको जोड्दा पनि अझै २ सिट पुग्दैन। राप्रपालाई सरकारमा नल्याउने रणनीति केन्द्रबाटै बन्दा बागमतीमा रहेको हाम्रो नेपाली पार्टी (हानेपा) समेतलाई फकाउनुपर्ने बाध्यता छ। यस्तो अवस्थाको आकलन गर्दै नेपाललाई फकाउन ओलीले सम्वादहिनता तोडेकाछने भने प्रचण्डले निवासमै पुगेर भेटेकाछन् ।राजीतिका जानकारहरु अहिले पनि ओलीले माधवलाई ललिपप देखाएको र जुन सुकै बेला धोका दिन सक्ने बताउँछन् ।

लामो समय सत्ताको आयु लम्व्याउन देउवालाई छोडेर ओलीसंग राजनिितक सौदाबाजी गरेका प्रचण्डले माधवलाई मात खुवाएर एकै पटक बालकोटसंग गठजोड गरेकाथिए । पछि मौन रहेका माधवको साथ बेगर सहजै सत्ताको ढुङगा तार्न कठिन हुने बुझेपछि पकाउन सुरु गरेकाछन् । समाजवादीले भने गुण र दोषको आधारमा सहयोग र समर्थन रहने भनेको छ । तर सत्ता भागवण्डाको किचलोनै नमिलेकाले अहिलेनै यसको आयु कति भन्ने अड्कल काट्न मुस्किल छ ।