Breaking

नयाँ गठबन्धनमा सहभागी हुनेरनहुने एकीकृत समाजवादीले आज निर्णय गर्ने


काठमाडौँ – नयाँ गठबन्धनमा सहभागी हुनेरनहुने विषयमा निर्णय गर्न नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (बुधबार) बस्दैछ।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ।
दुई दिनअघि एमाले, माओवादी केन्द्रसहितका चार दल मिलेर बनाएको नयाँ गठबन्धनमा एकीकृत समाजवादी समेटिएको छैन।

मंगलबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितका नेताले कोटेश्वरस्थित निवासमै पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए।

शीर्ष नेताहरुबीचको भेटमा अध्यक्ष नेपालले बुधबार पार्टीको सचिवालय बैठक बसेर नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्ने बताएका थिए। भेटमा सहभागी नेताहरुका अनुसार अध्यक्ष नेपाल नयाँ गठबन्धनमा सहभागी हुन इच्छुक छन्।