Breaking

दिपेन्द्रले लिए नेदरल्याण्ड्सको चौथो विकेट


काठमाडौँ— त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ । दिपेन्द्रसिंह ऐरीको बलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड अनिल शाहबाट क्याच आउट भए ।

तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए ।

यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा दुई विकेट गुमाएको थियो । नेपालका मल्लले नेदरल्याण्ड्सका म्याक्स वो डाउन र माइकल लेभिटको विकेट लिए ।

पहिलो विकेटको रुपमा म्याक्स वो डाउनलाई २२ रनमा दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका मल्लले दोस्रा विकेटको रुपमा माइकल लेभटिलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याट आउट गराए ।

आक्रामक सुरु गरेको नेदरल्याण्ड् एक समय बलियो स्थितीमा पुगेको थियो । ताजा अवस्थामा नेदरल्याण्ड् १७ ओभरको खेल चल्दै गर्दा ४ विकेट गुमाएर १५३ रनमा खेलिहेको छ ।