Breaking

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै


काठमाडौँ – नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आफ्नो प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन । नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिकोणात्मक टी(२० आई सिरिजको उपाधि जित्न चाहन्छ ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको थियो । २०२२ को त्रिकोणात्मक टी(२० फाइनलमा भने नेपालले पपुवा न्युगिनीलाई ५० रनले हराएको थियो । यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो । नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो । नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो । नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो । नेपाल र नेदरल्यान्ड्सबीच ११ टी(२० आई खेल भएका छन् ।

जसमा नेपाल समान ५ खेलमा जित र हार व्यहोरेको छ । एक खेल नतिजाविहीन छ । टीयुमा नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच टी(२० आई खेल भएका छन् । जसमा नेपाल ३ खेलमा विजयी भएको छ । नेपालको प्लेइङ ११ स् कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।