Breaking

‘प्रचण्ड वा ओलीलाई पालो लगाएर छुट दिने अवस्था छैन’


काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन विगतदेखि नै एमाले–माओवादी सहकार्यका मुखर पैरवीकर्ता मानिन्छन् । प्रचण्ड–देउवा गठबन्धन चल्दैगर्दा पनि उनी एमालेसँग आन्तरिक संवादमा रहेका थिए । बीचमा स्वास्थ्य प्रतिकुलता झेलेका पुनले स्वास्थ्य सुधारसँगै फेरि संवाद अघि बढाएकाले नयाँ सहकार्य सम्भव भएको बुझाइ कांग्रेस नेताहरुसमेत हामीसँग बताइरहेका छन् ।

विगतमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चरम उतारचढावपूर्ण सम्बन्धबीच बिग्रेको सहकार्य पुनः कसरी अघि बढ्ला ? के यो सहकार्यले राजनीतिक स्थिरतासँगै सुशासन, सेवा प्रवाह र आर्थिक विकासको प्रत्याभूति दिलाउन सक्ला ? कि फेरि पनि सत्तास्वार्थकै सिलसिलामात्रै दोहोरिएला ?