Breaking

प्रचण्डका अघि निरीह देउवा, ओलीकोे काँधले फेरि भित्तामा पुग्यो कांग्रेस, रवि पनि प्रचण्ड पथमा


काठमाडौँ – राजनीतिमा सत्ता उलटपुटल सामान्य विषय भएपनि प्रचण्डको छेपारे प्रवृतीले अस्थिरतालाई पटकपटक निम्तो दिईरहेको छ । स्थायी रुपमा सरकार संचालन हुन नसक्दा जनताका समस्या जिउका त्यूँ छन् । तर नेताहरु सत्ताको खिचडीमा सरकार बनाउने र ढाल्ने भन्दा माथि उठ्न सकेकाछैनन् । नितान्त व्यक्तिले दुनो सोझ्याएर आफुलाई शक्तिशाली बनाउँदा देश कमजोर भईरहेको छ । बामपन्थीहरुको एकताको नाममा प्रचण्डले ओलीसंग घाँटी जोड्दा सत्ताबाट कांग्रेस झरेको छ ।

दायाँ फर्किए प्रधानमन्त्री, बायाँ फर्किए प्रधानमन्त्री, बुढानिलकण्ठ गए देउवाको हात, बालकोट गए ओलीको साथ, प्रचण्डलाईसत्तामा सधै स्वादै स्वाद ।

दुईटै नाउँमा खुट्टा हालेर जंघार तर्ने यो खालको अवसर पाउने भाग्यमानीहरु राजनीतिमा सायदै भेटिन्छन् दर्शकवृन्द । त्यही मध्येका एक हुन् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
बालुवाटारमा बसेर बालकोट र बुढानिलकण्ठमा छिर्कनी मारिरहेका प्रचण्डले फेरि एकपटक देउवालाई छोडेर बालकोटका ओली बा, लाई रोजेकाछन् । यद्यपी प्रचण्डका लागि देउवा–ओली बोक्ने र छेक्ने कुरो खासै नौलो हैन । उनले यसअघि गत पुषमा तेस्रो शतिmमा भएर प्रधानमन्त्री बन्न देउवा र ओली दुबैसंग एकपटक राजनीतिकपारपाचुके गरेका थिए । तर कसैसंग नटाँसिए सत्ताको राजकाज गर्न नपाउने बुझेका उनले विछोडपछिको मिलनै सहि ओलीलाई धोका दिएर देउवासँग सत्ताको सौदाबाजी गरे । तर अहिले १ वर्ष वितेपछि प्रचण्डले फेरि पुरानैशैली दोहो¥याएकाछन् ।
फलतः देउवालाई धोकाको पोका हात पर्दा, ओलीले उपहारमा सत्ताको स्वाद पाउँदैछन् । प्रतिपक्षका रुपमा ऐठन भएर बसेको एमाले अब सुस्केरा हालेर नयाँचिउलाको रुपमा फर्किदैछ ।

प्रचण्ड राजनीतिक रुपमा शक्तिशाली त भए, तर उनको छेपारे प्रवृतीले दिगो रुपमा कति समयसम्म अगाडी लैजान्छ भन्ने प्रश्न जिवित छ। यसअघिओलीसँग बालकोट पुगेर प्रधानमन्त्री भएका उनले एकाध महिनामै टाटाबाईबाई गरेको दृश्य अझै ताजै छ । आफैमा तेस्रो शतिm र अर्काको आड भरोसाले सत्तामा विराजमान हुनुपर्ने भएकाले पनि प्रचण्डको च्याखे दाउँ अहिलेसम्म कामयाबीनै देखिन्छ । तर भोलि, सधैको धोकाधडीलेनै सत्ता टिकिरहन्छ भन्ने पूर्ण विश्वासिलो आधार प्रचण्डसंग छैन । अहिले एमाले र माओवादी मिलेजस्तो का्रग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वान टु वान चलेर प्रचण्डलाई फुर्सद दिउ भन्ने सल्लाह मिल्यो भने, राजनीतिको अर्को अध्याय सुरु हुनेछ । त्यो बेला प्रचण्ड तेस्रो शक्तिका रुपमा एकछेउमा खुम्चिनुबाहेकको अर्को विकल्प उनीसँग रहदैन ।

अरुले धोका दिएको भाष्य निर्माण गरेर राजनीतिमा छलाङ मारिरहेका प्रचण्डले अहिले पनि एमालेसंगको सम्झौतामा प्रधानमन्त्रीको कार्यकाल कोड गरेकाछैनन् । अर्थात ओलीको चित्तमा चोट नपरुन्जेल प्रचण्डले प्रधामन्त्रीको कुर्सीमा राजकाज गर्नेछन् । यदी ओलीको चित्त फाट्यो भने फेरि राजनीतिक कोर्ष दोस्रो अध्यायमा प्रवेश गर्नेछ । तथापी जे–जे गुमाएर भएपनि प्रचण्ड फेरि एकपटक शर्वशक्तिमान भएकाछन् । अहिलेको नयाँ गठबन्धनले अब केन्द्रमा मात्रै नभएर प्रदेशमा समेत हान्नेछ । फलतःसत्ता बाहिर भएर छटपटिएको एमाले सत्तामा फर्किएको स्वादले रंगोली मनाउँदा फेरि झोकराउने पालो कांग्रेसको आएको छ ।

राजनीतिमा सत्ता उलटपुटल सामान्य विषय भएपनि प्रचण्डको छेपारे प्रवृतीले अस्थिरतालाई पटकपटक निम्तो दिईरहेको छ । स्थायी रुपमा सरकार संचालन हुन नसक्दा जनताका समस्या जिउका त्यूँ छन् । तर नेताहरु सत्ताको खिचडीमा सरकार बनाउने र ढाल्ने भन्दा माथि उठ्न सकेकाछैनन् । नितान्त व्यक्तिले दुनो सोझ्याएर आफुलाई शक्तिशाली बनाउँदा देश कमजोर भईरहेको छ । बामपन्थीहरुको एकताको नाममा प्रचण्डले ओलीसंग घाँटी जोड्दा सत्ताबाट कांग्रेस झरेको छ ।
एमालेले शक्ति सिञ्चित गर्दा, माओवादी फेरो समातेर पछि पछि छ । अहिलेको यो समिकरणले ओलीसहित प्रचण्ड सफल हुँदा देउवाले घाटा ब्यहोरेका छन् । काँग्रेसको अब को रणनीति के भन्ने अर्को चासोको विषय बनेको छ ।