Breaking

प्रचण्डले ठूलो धोका दिए–देउवा, कांग्रेसका मन्त्रीले राजीनामा नदिने, उपेन्द्र र माधव


काठमाडौँ – कांग्रेस र नेकपा माओवादी केन्द्रको स्वार्थको टकराव सम्हालिन नसक्दा सत्तारुढ गठबन्धन फेरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न जाँदा गत वर्ष पुष १० अघिको समीकरण ब्यूँतिएको छ । जसअनुसार प्रारम्भिक रुपमा सानो आकारको मन्त्रमिण्डल बिस्तार गर्ने तयारी समेत गरिएको छ । पहिलो चरणमा एमालेबाट संसदीय दलका सचेतक समेत रहेका पदम गिरी र माओवादीबाट उपमहासचिव वर्षमान पुन मन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधान सहित गृह मन्त्रालयको नेतृत्व सम्हाल्न जाने चर्चा छ । तथापी अहिले नि¥क्यौल नभएकाले तत्कालका लागि डिपी अर्याललाई सरकारमा पठाउने सहमति भएको छ ।
कांग्रेस भने अहिले पनि गठबन्धन जोगाउन भगिरथ प्रयासमा छ । तर जुईनो खुस्कि सकेकाले कांग्रेसको प्रयास निष्प्रभावि हुने देखिन्छ ।
बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले समसामयीक राजनीतिबारे ब्रिफिङ गरेका छन् । त्यसक्रममा देउवाले प्रचण्डले धोका दिएको बताएका छन् । यस्तै कांग्रेसका मन्त्रीहरुले आफैँ राजीनामा नदिने र दिउँको कार्यसम्पादन समिति बैठक बसेर गठबन्धन जोगाउन प्रयास गर्ने निर्णयमा कांग्रेस पुगेको छ । माओवादीले भने कांग्रेस इमान्दार नबन्दाको परिणामा आज देखिएको प्रतिक्रिया दिएको छ ।

नयाँ समीकरण बनाउन के के भयो ?
खासमा समीकरण बनाउन हिजोदेखि नै दौडधूप थियो । संक्रमणकालीन न्यायसम्बनिध विधेयकमा कांग्रेसले दोहोरो भूमिका खेलेपछि प्रचण्ड शशंकित बनेका थिए । लगत्र्तै कांग्रेस, एमाले र माओवादीका छुट्टाछुट्टै बैठक बसे । गठबन्धन फुुटाउने निष्कर्षमा पुगेका प्रचण्डले हिजै अबेर राती एमालेसँग सहकार्य टुंग्याइसकेका थिए । तर, औपचारिकता देखाउन आज बिहानैदेखि सबैको दौडधूप चल्योे ।
बिहान कांग्रेस सम्मिलीत सत्ता गठबन्धनको बैठक बस्ने तय भएको थियो । तर एमालेसँग नयाँ समिकरण बन्ने तय भइसकेपछि प्रधानमन्त्रीकै तर्फबाट गठबन्धनको बैठक स्थगित भएको सूचना आयो । त्यसपछि सबै दलहरु छलफलमा जुटे । नयाँ सरकार बनाउने एमाले र माओवादीबिच सहमति हिजो राती नै भइसकेको थियो । त्यसै अनुसार माओवादीले पदाधिकारी बैठक बोलायो । बैठकले बामपन्थी एकताका लागि भन्दै माधव नेपालको पार्टी एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा सहभागि गराउने निर्णय ग¥यो । लगत्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगे । बालकोटमा सचिवालय बैठक सकाएर ओली उपाध्यक्ष विष्णु पौडेलसहित बालुवाटार पुगेका थिए । हिजोकै छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागि हुने सहमति भएको थियो । सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने भएपछि उनले पदाधिकारी बैठक बोलाएर सरकारमा जानेबारेको निर्णय लिने अधिकार आफैँलाई लिए । त्यसपछि उनी नयाँ गठबन्धनको बैठकमा सहभागि भए । एकछिनमै राजनीतिक घटनाक्रम बनिरहेको अवस्थामा कांग्रेसले पनि पदाधिकारी बैठक बोलायो ।

बिहान ११ बजे नयाँ बनेको गठबन्धनको बैठक बस्यो । त्यसमा कसरी अघि बढ्ने र क– कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भएको थियो । बैठकमा माओेवादीबाट प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेबाट ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल र रास्वपाबाट सभापति लामिछाने सहभागी थिए । नयाँ गठबन्धनसँग जनमत र नागरिक उन्मुक्ति पार्टी पनि संवादमा छन् भने माओवादीले माधव नेपाल नेतृत्वको नेकपा एसलाई पनि समेट्ने तयारी भएको छ । त्यसपछि प्रदेशको भागबण्डा टुंग्याउने भन्दै गठबन्धनको दोस्रो बैठक बस्यो । त्यसमा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरु एकपछि अर्को गर्दै बालुवाटार छिरेका थिए । केन्द्रिय मन्त्रीहरुको शपथ पाँच बजे राखिएको छ भने केन्द्र र प्रदेशको प्याकेजमो सहमति गर्नका लागि नयाँ गठबन्धनको अर्को बैठक बोलाइएको छ ।