Breaking

तीन जना मन्त्रीले लिए गोपनीयताको शपथ


आज बिना विभागीय तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराउनुभएको हो । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वमा रहेका सबै मन्त्रीलाई बिदा गर्दै आफ्नै नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उहाँले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी तत्काल आफैं राखेका छन् भने नयाँ गठबन्धनबाट तीन जनालाई विनाविभागीय मन्त्री बनाएका छन् ।