Breaking

नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीको सपथ आज


काठमाडौं । नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। तीन मन्त्रीको शपथ आजै हुने भएको छ । प्रधानमन्त्री प्रचण्डले तीन मन्त्रीको सपथ आज हुन लागेको राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनुभएको थियो ।