समाचार

पुण्य गौतम र युवराज सफल प्रहरी नियन्त्रणमा


काठमाडौं । पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिका सालिन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्टबारे असन्तुष्टि जनाउँदै उनीहरू काठमाडौंको टिचिङ अस्पतालमा पुगेका थिए ।

अस्पतालले बलत्कार पुष्टि नभएको र झुन्डिएर आत्महत्या गरेको रिपोर्ट प्रहरी कार्यालयमा पठाएको थियो ।

पक्राउ गरेर गौतम र सफललाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको प्रहरीले जानकारी गराएको छ ।