समाचार

राष्ट्रिय सभा अध्यक्षमा माओवादी पार्टीको दाबी यथावत


काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा पार्टीको दाबी यथावत् रहेको बताएको छ ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको अडानमा कुनै फेरबदल नभएको बताएका हुन् ।

माओवादीको फागुन १६ गते बसेको बैठकले अध्यक्षमा छुट्टै उम्मेदवार उठाउने निर्णय गरेको थियो । यस्तै उनले मन्त्रिपरिषद् फेरबदलको विषयमा छलफल भइरहेको बताए ।