समाचार

अधिकारकर्मीहरूको मेयर बालेनलाई खुल्ला पत्र


काठमाडौं । काठमाडौँ महानगर प्रहरीले सडक व्यापारीमाथि गरेको धरपकड र अभद्र व्यवहारको भर्त्सना गरेका छन् ।

३० भन्दा बढी नागरिक अगुवाले आइतबार मेयर बालेन शाहलाई खुला पत्र लेखी सडक व्यापारीमाथि लाठीको प्रयोग गरी टाउको लगायत शरीरको संवेदनशील भागमा निर्घात प्रहार र नियन्त्रणमा लिएपछि पनि अमानवीय व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएका छन् ।

खुलापत्रमा महानगर प्रमुखको हैसियतले यस मानव अधिकार उल्लंघनको घटनाप्रति जिम्मेवार हुन र त्यस्तो घटना पुनः नदोहोरिने सुनिश्चित गर्न तथा छानबिन गरी दोषीलाई कारबाही गर्न बालेनलाई आग्रह गरिएको छ ।

नागरिक अगुवाको एक समूहले सडक व्यापारीमाथि अन्धाधुन्ध बल प्रयोगप्रति माफी माग्न काठमाडौं महानगरपालिका र मेयर बालेन शाहलाई आग्रह गरेको छ ।