समाचार

कम्युनिष्ट प्रचण्डको सरकारमा भूईमान्छेको चित्कार, संसदको गेट फोड्दा पनि मौन सरकार (भिडियोसहित)


काठमाडौँ— सरकारलाई अन्तिम धक्का दिनेगरी काठमाडौंमा भेला भएका लघुवित र मिटरव्याज पीडितहरुले आफ्ना माग सम्बोधन नभएसम्म घर नफर्किने अठोट लिएकाछन् । पहिलो चरणको आन्दोलन सार्थक नभएपछि एक जुट भयर देशव्यापी रुपमै भेला भएर काठमाडौं आएका पीडितहरु यो पटक रफादफा गरेर फर्किने मनस्थितीमा छन् । तर सरकारले पीडितको आवाजलाई प्राथमिकता नदिएको गुनासो छ ।


काठमाडौं केन्द्रित दोस्रो चरणको आन्दोलनमा होमिएका लघुवित्त तथा मिटरब्याज पीडितहरु यो पटक अन्तिम धक्का दिने मनस्थितीमा छन्। उनिहरुले यो पटक समस्या बोकेर नभै रफादफा गरेर मात्रै घर फर्किने चेतावनी दिएकाछन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत काठमाडौंको खुला चौरमा आश्रय लिएर बसेका उनीहरुले लघुवित्त संस्थाहरुको ऋण नतिर्ने जिकिर समेत गरेका छन् । आफ्ना सन्तानलाई समेत दुःख दिएकाले लघुवित्त संस्थाहरु सरकारले तत्काल खारेज गर्नुपर्ने उनिहरुको माग छ

अर्का पीडित अछामका अगष्ट अधिकारीले आफूहरुको माग पूरा नभई घर फर्कनसक्ने अवस्था नरहेको प्रतिक्रिया दिए । उनले नव सामन्तको रुपमा उदाएको लघुवित्त संस्था खारेज हुनुपर्ने, महिलाहरुमाथि लगाइएको सामूहिक ऋण मिनाह हुनुपर्ने, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका आफूहरुको नौ बुँदे माग सरकारले सम्बोधन नगरेसम्म यसै नफर्किने चेतावनी दिए ।उनले आफुहरु गर या, मरको अवस्थामा रहेकाले यो पटकको संघर्षनै अन्तिम हुने दाबी गरे ।

पीडितहरुले लघुवित्तीय संस्थाहरुले घरमा बस्न नदिएपछि आफूहरु बाध्य भएर दोस्रो पटक पनि आन्दोलनका लागि काठमाडौं आउनुपरेको गुनासो गरेका छन् । कञ्चनपुरका अमर नेपालीले गाउँका बस्न लघुवित्त संस्थाहरुले नदिएपनि महिला दिदीबहिनीहरुले समेत घर छोडेर आउनु परेको बताए ।

यता, मिटरब्याज पीडितहरुको पनि आफूहरुको माग सम्बोधन गर्न सरकारले खासै चासो नदिएको गुनासो गरेकाछन् । उनीहरुले काठमाडौंको रत्नपार्कमा बिरोध प्रदर्शन गरेका छन् । लघुवित र मिटरव्याज पीडितहरुले सरकारलाई दबाब दिन काठमाडौंमा दैनिक जसो, मौन जुलुस निकालीरहेकाछन् । संघर्षको कायक्रम चर्काइरहेका पीडितहरु केही दिन अघि संघिय सदन भवन नयाँ बानेश्वरमा प्रवेश गरेका थिए । जसमा प्रहरीले धरपकड गरेर केहीलाई पक्राउ गरी पछि छोडेको थियो । गाउँगाउँमा लघुवित र मिटरव्याज पीडितदेखि आजित भएकाहरु अहिले एकठ्ठा भएर संघिय राजधानी काठमाडौं आईपुगेकाछन् । यद्यपी पीडितको घाउँमा मलम लगाउन अहिलेसम्म सरकारले तत्परता देखाएको छैन । मिटरब्याज पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नविनले पीडितको समस्या समाधानका लागि सरकारसँग वार्ता जारी रहेको र आन्दोलनको कार्यक्रमलाई पनि निरन्तरता दिइएको बताए ।

मिटरब्याज पीडितहरुले गत माग १६ गतेबाट मिटरब्याज विरुद्धको न्याय मार्च झापाको काँकडभिट्टाबाट निकाले र यहिले काठमांडौ लक्षित छन् ।