समाचार

स्थानीयमाथि सशस्त्र प्रहरीको खुकुरी प्रहार ! किन भयो झापामा झडप ? काटिने तस्कर कि निर्दोष ?(भिडियोसहित)


काठमाडौँ— झापाको मेचीनगर ७ गैरीगाउँमा स्थानीयबासी र सशस्त्र प्रहरीबीच शुक्रबार साँझ झडप भएको छ । झडपमा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना घाइते भएका छन् । स्थानीय पोके व्यापारीसंग झडप हुदाँ शशस्त्रले खुकरी प्रहार गरेको घाईतेहरुले बताएका हुन् । घाईतहरुलाई खुकुरीको गहिरो चोट लागेको छ भने झडपमा शशस्त्र प्रहरीतर्फ पनि केहि क्षती पुगेको छ । आखिर किन चलायो त शशस्त्रले खुकुरी ?

झापाको मेचीनगर नगरपालिका–७ स्थित गैरीगाँउ सीमा क्षेत्रमा पुगेको सशस्त्र प्रहरीले स्थानीयलाई खुकुरी प्रहार गरेको आरोप लागेको छ । शुक्रबार साझ भएको उक्त घटनामा घाइते हुने स्थानीयबासी दिपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, दिपक बातर र अनाह यादव रहेका छन् । घाइतेहरूको उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोडमा उपचार गरिएको हो । सशस्त्र प्रहरी बलको २ नम्बर हेडक्वार्टरअन्तर्गतको प्रस्तावित सतीघट्टा बिओपीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएका सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएका थियो । झडप किन भएको हो भन्ने खुलेको नि घाईतेहरुका अनुसार शशस्त्रले भाटैभाटाले हानेपछि स्थानीय के भएको हो भनी बुझ्न सो स्थानमा पुगेका थिए । तर लगत्तै शशस्त्रको ड्राईभरले खुकुरी निकालेको र आफूमाथि प्रहार गर्न थालेको उनीहरुको दाबी छ । सामाजिक सन्जालमा आएका केहि भिडियोमा समेत यो दृश्य देखिका उचाररत घाईतेहरुमाथि अन्धाधुन्ध खुकुरी चलाएको देखिएको छ । उनीहरुको शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ भने हल्का चल्दा चपपटाँउदा समेत रगत आउने अवस्थामा घाईतेहरु छन् ।

यता शशस्त्र भने सिमा क्षेत्रमा तस्करीको सामान ल्याउने पोके व्यापारीसंग सामान्य झडप भएको जसरी प्रस्तुत भईरहेको छ । शशस्त्रका अधिकारीहरुका अनुसार सो क्षेत्रबाट निरन्तर तस्करी हुने गरेको सूचना पाएपछि शुक्रबार साँझ साढे ७ बजेको समयमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठको कमान्डमा चेकजाँचको लागि सो क्षेत्र पुगेको थियो । पैदल नै गस्तीमा गएको सो पाँच जनाको टोलीले भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको झन्डै १ लाख २० हजार बराबरको एक पोका लत्ताकपडा नियन्त्रणमा पनि लियो । जहाँ १ जना तस्करलाई पक्राउ गरिए पनि अरु फरार भएको शशस्त्रले जनाएको छ ।

सोहि बरामद सामान जादा बिच बाटोमा २०–३० जना तस्करहरू भेला भएर प्रहरीमाथि आक्रमण गरेको र त्यहिक्रममा झडप भएको यो पक्षको दाबी छ । बरामद सामान विओपी ल्याउनेक्रममो बाटो छेक्नेहरुको ढुंगामुढा गरेको तथा यसले गाडीको अगाडिको सिसा चर्केको छ । साइड लाइट समेत फुटेको शसस्त्रले जनाएको छ । ढुंगा प्रहारबाट सशस्त्रका सवारी चालक दुर्गाचन्द्र बस्नेतको बायाँ हातको बुढी औँला र माझी औँलामा समेत चोट लागेको छ । उनको अपरेनशनै गर्नपरेको तथा गाडीमा आगजनीको प्रयास गर्नुका साथै बरामद सामानसमेत खोसिएको उनीहरुको दावी छ । त्यसपछि थप मद्दतको लागि काँकडभिट्टाबाट सशस्त्र प्रहरी निरीक्षक कुशल राईको कमान्डमा २३ जनाको टोली त्यस ठाउँ पुगेर प्रहरीले बल प्रयोग गरेको हो । शशस्त्रले उल्टै गोली चलाउनुपर्ने अवस्थामा नै भएपनि आफूहरुले संयमयता अपनाँउदा ठूलो क्षती नभएको दावी गरेको छ । अध्यारोमा खुकुरी प्रहार भएको भएपनि त्यो तस्करकै समुहबाट भएको पनि हुनसक्ने नम्बर–१ बाहिनीका डिआईजी अन्जनी पोखरेलले जानकारी दिए । यसबारे छानविन समिति बनाएको र त्यसले अनुसन्धान सकाएपछि मात्रै वास्तविकता बाहिर आउने पोखरेलले बताए ।

सशस्त्रका अनुसार खुकुरी प्रहारबाट घाईते भएका अधिंकाश व्यक्ति तस्करीमा संलग्न रहँदै आएका छन् । जसमध्ये केहि तस्करीमा सहयोग गर्ने तथा संरक्षण गर्नेहरु पनि छ । फलत तस्करीको सामान जफल गर्ने क्रममा भएको यो झडप तस्कर र त्यसको संरक्षक समुह तथा ससश्त्रबीचको हो । जसमा केहि स्थानीय समेत परेको हुनसक्ने उसको दावी छ । यद्यपि गत जेठमा पनि सशस्त्र प्रहरीले जनपथ प्रहरीलाई कुटपिट गरेको विषय विवादमा आएको उदाहरणले यस विषयमा गहिरो अनुसन्धान हुन जरुरी छ ।