अपराध

झन–झन रहस्यमय बन्दै सालिन मृत्यु प्रकरण, नेताले पनि मुख खोले, प्रहरीमाथि किन प्रश्न ? (भिडियोसहित)


काठामाडौँ— गत शनिवार चितवनको रत्ननगरमा १४ बर्षीय बालिकाको रहस्यमय घटनाले यतिवेला चौथर्फी दवाव बढेको छ । घटनामा संलग्नको आसंकामा प्रहरीले अनुसन्धान गरीरहेको छ । यद्यपी परिवारले यो घटनालाई आत्महत्या नभएर बलात्कारपछि हत्या भएको दाबी गरेकाछन् ।

कंचनपुरकी निर्मला पन्तको झल्को दिने गरी चितवनमा १४ वर्षीया बालिका सालिन पोखरेलको रहस्यमय मृत्युभएपछि अहिले सारा नेपाली स्तव्ध भएका छन् । चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्राबासमा सालिनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । यद्यपी परिवारले यो घटनालाई आत्महत्या नभएर बलात्कारपछि हत्या भएको दाबी गरेकाछन् ।
घटनाको दृश्य हेर्दा पनि अवस्था शंकास्पद छ । मृतक शालिनले दुबै घुडा भुईमा टेकेको देखिन्छ भने उनको आँखाबाट चश्मा खसेको छैन । शंकास्पद रुपमा झुण्डिएको अवस्थामा फेला परेकी सालिनको मृत्युलाई लिएर द्रोस्रो निर्मला पन्त बन्न सक्ने टिकाटिप्पणी सुरु भएको छ । उनका बुवा आमा अहिले न्यायका लागि हारगुहार गर्दै काठमाण्डौं आइपुगेकाछन् ।

सुरुमा प्रहरीले किटानी जाहेरी लिन नमान्नुले पनि शंकाको सुविधा दिएको छ । यद्यपी नागरिक दबाव पछि विद्यालयका प्रिन्सिपल, बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेल वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरेर अनुसनधान सुरु गरेको छ ।
साथै घटनापछि प्रहरीले सालिन मृत फेला परेको कोठामा बस्ने पाँच जना छात्रासँग पनि सोधपुछ गरेको छ । प्रहरीले सालिनको साथबाट सुसाईट नोट फेला पारेको र नोटमा ‘बाबाआमालाई सरी’ भन्ने उल्लेख गरिएको बताएको छ तर परिवारका सदस्यहरू यो कुरामा विश्वस्त छैनन् । परिवारले घटनाको विषयमा सत्यतथ्य पत्ता लगाएर न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएकाछन् ।गोरखा घर भएकी सालिन चितवन मामा घरमा बस्दै आएकि थिइन् ।
बाबुआमाको सम्बन्धविच्छेदपछि उनको संरक्षकत्वमा आमा रहेकी थिइन् । परिवारका अनुसार सालिन साढे तीन वर्षकी हुँदा आमाबाबुको सम्बन्धविच्छेद भएको थियो । घटनापछि वैदेशिक रोजगारीमा दुबई रहेकी आमा नेपाल फर्केकी छन् ।

।मृतक परिवारले प्रहरीले अनुसन्धान गर्न ढिलाइ गरेको भन्दै आशंका गरिरहेका छन् । यता सो घटनाको निस्पक्ष छानविन हुनुपर्छ भन्दै राजनीतिक दलहरु समेतले आवाज उठाएकाछन् । चितवनमा बालिका मृत भेटिएको घटनाको सत्य तथ्य बाहिर ल्याउने गरी अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ ।कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर घटनाको गहन अनुसन्धान गर्न माग गरेकाछन् ।
त्यस्तै पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रबि लामिछानेले सो घटनामा आफुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकाछन् । उनले सम्वेदनसिल घटनामा राजनितिकरण नगरी छिटो भन्दा छिटो सत्यतथ्य बाहिर ल्याउन माग समेत गरेकाछन् ।

घटनापछि विद्यालयमा त्रासदी बढेको छ, भने अहिलेसम्म पठनपाठन सुचारु हुन सकेको छैन् । पछिल्लो समय समाजमा घटेको घटनाले बालबालिकाहरुको सुरक्षामाथि गंििभर प्रश्न उठाएको छ ।
दिनप्रतिदिन यस्ता घटना बढ्दै जाँदा प्रहरी प्रसासन र सरकारमाथिनै थप चुनौति बढेको छ । सम्बन्धित निकाय र सरकारले अनुसन्धानलाई तिव्रता दिन ढिलाई गर्ने तथा दोषीलाई कारबाही र सत्यतथ्य बाहिर नल्याए यस्ता घटनाले बिकराल रुप लिन सक्ने देखिन्छ । शालिन मृत्यु प्रकरणको सत्यतथ्य पोष्टमार्टम रिपोर्टपछि खुल्ला तर हत्या हो भने समाजमा यो खालको जघन्य अपराध गर्ने माथी हदै सम्मको कारवाही हुन जरुरी छ ।