राजनीति

सत्ताका लागि दिल्ली दौड, देउवाले पठाए आरजु, भारतसँग ओलीको सम्बन्ध बनाइदिदै प्रचण्ड ! मोदीको रोजाइ ? (भिडियोसहित)


काठमाडौँ— माओवादीको यु टर्नको संकेतले धर्मराएको गठबन्धन जोगाउने अनेक अश्त्र प्रयोग गर्न पक्षधर नेताहरु लागि परेका छन् । विशेषत ः कांग्रेसका नेताहरु झस्किदा यसको जरो दिल्ली दौडाह बढेको हो । सत्तामा गए के भनेर जाने भन्ने नैतिक संकटकाबीच एमालेका नेताहरुले समेत भारत दौड बढाएका वेला त्यसको ओखती खोज्न कांग्रेसले पनि भारत दूत पठाएको हो ।

सत्ता गठबन्धन टुटाउने र जोगाउने प्रतिस्पर्धाकाबीच नेताहरुको भारत दौडाहा बढेको छ । यहाँ देखिएका दलहरु खेलाडी मात्र भएको आम बुझाईकाबीच त्यसलाई प्रमाणित गर्ने गरेका एमाले र कांग्रेसका नेताहरु भारत भ्रमणमा गएका हुन् । यसअघि पटक पटक संकटमा पर्दा समेत नदेखिने गरि ग्लूको काम गरिरहेको विदेशी शक्तीकै कारण गठबन्धन बच्दै आएको विश्लेषण हुँदै आएको छ । तर यो बीचमा जनयुद्धमाथि नै प्रश्न उठाउने,धर्म बोक्ने तथा गठबन्धन नगर्ने कांग्रेसको बाटोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोल्न थालेको थियो । त्यस्तै राष्ट्रियसभामा आफैले धोका पाउने अनि राष्ट्रियसभाको अध्यक्ष पनि कांग्रेसलाई दिनुपर्ने माग विरुद्ध पार्टिभित्र बढेको दवाव,मन्त्री फेरवदल गर्न नदेखिएको आफ्नै सकसका कारण पनि प्रचण्ड रन्थनिएका छन् । फलत ः एमाले अध्यक्ष केपी शर्मा ओलीसंगको भेटमा उनले यो गठबन्धन टुटाउने वाटो नै देखाईदिएका हुन् । भेटमा ओलीलाई भारतको ‘कम्फर्टेबल’ भइदिनसमेत आग्रह गरेका उनले मध्यरातमा ‘रअ’का प्रमुखसँग ओलीले गरेको चार बँुदे प्रतिबद्धतामा नअडिनुको कारण मात्रै सोधेनन् कि पुस १० को सहमति नटिक्नुको आधार यही रहेको प्रष्ट पारेका थिए । अबको नयाँ यात्राको बिन्दुसमेत यही भएको भन्दै भारत फकाउन सुझाव दिएका थिए । तर भारतको वक्रदृष्टिका कारण यो एमालेका लागि फलामको च्युरा नै बन्यो । यहि कारण आफू भारतको सत्ता पक्षसंग सम्बन्धको सेतु बनिदिन प्रचण्डलाई नै ओली आग्रह गरेको स्रोत बताउँछ । जसले परिणाम दिदाँ एमाले नेताहरु भारत गए भने यो सबै बुझेको कांग्रेस यहि कारण तर्सिएको विश्लेषण सुरु भएको छ । माओवादी नेता लिलामणी पोखरेल भने यसलाई स्वीकारदैनन् ।

तर यहिबीचमा कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साँउद भारत भ्रमण गए । उनको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणसंग जोडिएको चर्चा हुँदा आरजु राणा पनि भारतमै छिन् । १४ औ ग्लोवल इकोनोमिक समिटमा भाग लिन उनी भारत गएको भएपनि नेपालमा गठबन्धन धरमर पर्नु,एमालेको सक्रियता बढ्नु र उनी भारत गएको समयको संयोग अर्थपूर्ण छ । जहाँ भारतीय सेनाको रिटायर्ड मेजर जनरल अशोक मेहताले प्रचण्डलाई लायक घोडा भनेको तथा अबको उपयुक्त पात्र देउवा भएको विषय नै मिडियामा आएको छ । जसबारे संसदमै समेत प्रश्न उठेको छ ।

यता राजनीतिक विश्लेषकहरु पनि यसलाई अस्वीकार गर्दैनन् । नेपालका हरेक राजनीतिक परिवर्तन देखि घटनामा समेत विदेशी शक्तीको प्रभाव रहने घाम झै छर्लङ भएको बताउँने उनीहरु गठबन्धनमा भएको ढलपल र नेताको भारत भ्रमण संयोग मात्र हुन नसक्ने बताउँछन् । यद्यपि यो गठबन्धनको धरातल कसरी बन्यो भन्ने विषय महत्वपूर्ण भएको भन्दै त्यो एमालेले बल्ल बुझेको हुनसक्ने तर्क गर्छन ।

हुन त तत्काल सत्तामा जान एमालेललाई त्यति सहज छैन । त्यसका लागि वालुवाटारमा रअसंग भएको चाँरबुँदे सहमती मान्नुपर्ने दबाबमा एमाले रहन्छ । यदि त्यो भए आफ्ना मुद्धा नै सकिने बुझाईमा रहेका ओली पाँचै बष प्रतिपक्षमा बस्ने र वाम धुव्रीकरण पनि नहुने अवस्थाले छटपटिमा छन् । अर्कातर्फ आफ्नो फेल खाएको रणनिति र पार्टिभित्रै बढ्न थालेको दबाबले विकल्प नै तयार पार्ने त हैन भन्ने डरमा रहेका उनी क्षती न्यूनिकरण गनुपर्ने बाध्यतमा देखिन्छन । फलत ः अहिले गठबन्धन टुटाउने र वाहिरबाटै प्रचण्डलाई समर्थन गर्ने उनको रणनिति हुनसक्छ । त्यसका लागि समेत भारत फकाउन जरुरी रहेको अवस्थामा टुटाउने र जोगाउने कसले प्रतिस्पर्धा जित्छ यसै भन्न सकिने अवस्था भने छैन ।