Breaking

नाइट क्लबकी युवतीमाथि सामूहिक बलात्कार,होटलमा पुर्‍याएर बलात्कार गरेको खुलासा


काठमाडौँ— नाइट क्लबकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पदम तामाङ छन् ।

प्रहरीका अनुसार तामाङसहित अर्का एक युवाले दरबारमार्गस्थित एक क्लबमा काम गर्ने युवतीलाई माघ २० गते काठमाडौंको गोठाटारस्थित एक होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको हो ।

पीडित युवतीको उजुरीको आधारमा तामाङ पक्राउ परेका हुन् । अर्का एक युवा फरार छन् ।

तामाङ क्बलकै युवतीहरूलाई राति घर पुर्‍याउने ट्याक्सी चालक हुन् । आफ्नै ट्याक्सीमा लिएका तामाङले मदिराले लठ्ठिएकी युवतीलाई होटलमा पुर्‍याएर बलात्कार गरेको खुलेको छ ।

उनीमाथि बलात्कार मुद्दामा प्रहरी वृत्त बानेश्वरले अनुसन्धान अघि बढाएको छ ।