Breaking

सावित्रा भन्छिन्– मैदानबाहिरबाट नेपाली टिमको समर्थनमा हुनेछु


काठमाडौँ – वाफ महिला च्याम्पियनसिपको फाइनलअघि नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारीले मैदानबाहिरबाटै देशको समर्थन गर्ने बताएकी छन् । आफू मैदानमा नभए पनि बाहिरबाट नेपाली टिमको समर्थन गर्ने बताएकी हुन् ।

साउदी अरेबियामा जारी प्रतियोगिताको फाइनल खेल्न नपाउने भएपछि सावित्राले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । वाफको फाइनल फिफा विन्डोभन्दा बाहिर रहेपछि फ्रेन्च क्लब एन अभान्त गेङगाम एफसी फर्किएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार फिफा विन्डोभन्दा बाहिर रहे राष्ट्रिय टिमको खेलका लागि क्लबले खेलाडी फुकुवा नगर्न पनि पाउँछन् । यसैकारण सावित्रा आज साउदीबाटै फ्रान्स प्रस्थान गरिसकेकी छन् । नेपालले प्रतियोगिताको फाइनलमा आजै जोर्डनसँग खेल्दै छ । साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।