Breaking

भद्रकालीमै रोकिए महतोसहितका प्रदर्शनकारी


काठमाडौँ— माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विरोध प्रदर्शन गरेको हो ।

डिल्लीबजारमा भेला भइ उनीहरुले भद्रकालीमा पुगेर आन्दोलन गरेका हुन् । उनीहरुले निषेधित क्षेत्रको नाममा जनताको आवाज बन्द नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

प्रदर्शनकारी माइतीघरतर्फ अगाडि बढ्नेक्रममा प्रहरीले भद्रकालीमा नै रोकेको हो । प्रदर्शनकारीलाई रोक्ने क्रममा दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो । महतो नेतृत्वको समूहले निषेधित क्षेत्र तोड्ने भन्दै आन्दोलन सुरु गरेको छ ।