Breaking

आज बस्ने भनिएको बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित


काठमाडौँ— आज बिहान साढे ११ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक दलहरुबिच सहमति नजुटेपछि भोली (बिहीबार) बिहान सोही समयमा बस्ने गरी स्थगित गरिएको छ ।

पूर्वसहमति अनुसार बजेट बाँडफाँट नभएको भन्दै एमालेसहितका विपक्षी दलले प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिँदै आएका थिए ।

सोही विषयमा छलफल गर्न आज आयोजित सर्वदलीय बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल अनुपस्थित भएपछि विपक्षीले थप छलफल नै गर्न चाहेनन् ।

मुख्यमन्त्री जम्कट्टेल एउटा कार्यक्रममा सहभागी हुन राक्सिराङ पुगेपछि विपक्षी दलहरुले मुख्यमन्त्रीको अनुपस्थितिमा छलफल हुन नसक्ने बताएका हुन् ।

दलहरुबिच सहमति जुट्न नसकेका कारण बिहीबारसम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले भोली (बिहीबार) साढे ११ बजे बैठक बस्ने जनाएको छ ।