Breaking

संसद छिर्ने लघुवित्तका ऋणीलाई ७ दिन हिरासतमा राख्न अनुमति


काठमाडौँ— सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका लघुवित्तका ऋणीहरु ७ दिन हिरासतमा रहने भएका छन् ।

लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतको माग राखेर आन्दोलन गर्न आएका झण्डै ५० जना ऋणीहरु सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रवेश गरेका थिए ।

उनीहरुलाई प्रहरीले तत्काल पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो ।

प्रहरीले शान्ति सुरक्षामा खलल पारेको अभियोगमा अनुसन्धान गर्न उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न अनुमति दिएको प्रहरीले जानकारी दिएको छ ।