Breaking

काठमाडौंमा बदली, छिटपुट पानी पर्ने सम्भावना


काठमाडौँ— काठमाडौंसहित देशका केही स्थानमा आज बदली भएको छ । काठमाडौंमा साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बदली भएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । “पश्चिमी वायुको आंशिक प्रभाव छ,” उनले भने ।

काठमाडौंमा पानी पनि पर्ने सम्भावना रहेको उनले बताए । आज साँझ र राति कतैकतै छिटपुट वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

“वर्षाको पनि केही सम्भावना छ । साँझ र राति फाटफुट पर्न सक्छ,” उनले भने, “जलवाष्पयुक्त हावाको पर्याप्त प्रभाव नहुँदा वर्षाको धेरै सम्भावना भने छैन ।”

काठमाडौंमा भोलि र पर्सिको मौसम सामान्य हुने उनले बताए ।