Breaking

प्रचण्डकै कारण अलमलमा ओली, बद्नाम बन्दै गएको एमाले सत्ताको खोजीमा, देउवाले किन पत्याएनन् ?


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) वर्तमान सत्ता गठबन्धन भत्काउन रणनीतिक रुपमा लागेको छ । एमालेले सडकदेखि सदनसम्मै सरकारमाथि दबाब बढाएको छ । बाहिर सरकारको चर्को आलोचना गर्ने र भित्रिभित्रै प्रधानमन्त्रीसँग घनिभूत छलफलको रणनीतिमा एमाले छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै सरकारमाथि निरन्तर दबाब बढाएको छ । एमालेले सडकबाट मात्रै नभइ सदनबाटसमते पटक पटक सरकारलाई दबाब दिँदै आएको छ ।

सरकारमा प्रमुख प्रतिपक्षको रुपमा सशक्त आवाज उठाइँरहदा एमालेलाई गिरीबन्धु टी—स्टेट प्रकरणले बेलाबेला झस्काउने गरेको छ । त्यसैले एमालेले सत्ताको च्याखे पनि थापिरहेको छ । यता प्रचण्डलाई पनि द्धन्द्धकालिन मुद्धालाई निष्कर्षमा पुर्याउन ओलीको साथ आवश्यक छ । फलत ः उनी ओलीसंग दूरि राख्ने रणनितिमा नदेखिदाँ यो बीचमा बारम्बार भेटवार्ता भएको छ । जसले कांग्रेस झस्किएको छ भने यसलाई सन्तुलनको राजनीतिमा प्रयोग गर्न सकिने आशामा प्रचण्ड हुनसक्छन् । त्यस्तै सरकारमाथि सत्तारुढ दलकै सांसद पनि आक्रोशित छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा पर्यटनमन्त्री सुदन किराँती करोडौँ कमिसनको खेलमा लागेको गम्भीर आरोप लगाए । मन्त्रीप्रति सत्तारुढ दलकै सांसदको आक्रोशले प्रतिपक्ष दललाई विरोध गर्न झनै सहज बनाएको छ ।

यसले ओलीसंग एक किसिमको सम्बन्धन बनाईराख्ने बाध्यतामा उनी प्रचण्ड देखिन्छन् । अहिले सडकमा मिटरब्याजपीडित, लघुबित्तपीडित लगायतका पीडाहरू छरपष्ट छन् । ती समस्या समाधानको उपाय खोज्नुपर्ने संसद भने मेला महोत्सवको दोहोरी जस्तै बनेको छ । यो पनि आफू अनुकुल नभएको डरमा प्रचण्ड छन् । गज्जब त प्रधानमन्त्रीको राजिनामा माग्दै आएको एमाले अहिले मन्त्रीमै अल्झिएको छ । यसले प्रचण्ड जोगाउने बाटोमो एमाले हो भन्ने प्रश्न खडा हुँदा विश्लेषकहरू भने सत्तापक्ष र प्रतिपक्षबीच भागबण्डा र कमिसनको खेल चल्दा संसदको गरिमा गुम्दै गएकादाबी गर्छन । अहिलेको व्यवस्था अंकगणित पु¥याएर शासन गर्ने थलो मात्रै बनेको विश्लेषण हुन थालेको छ ।

गत निर्वाचनलगत्तै एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको कुर्चीमा पु¥याएका थिए । तर, त्यो सहकार्य लामो समय टिक्न सकेन । राष्ट्रपतिको निर्वाचनसँगै एमालेसँगको गठबन्धन तोडेर प्रचण्ड पुरानै गठबन्धनमा फर्किए । फेरि सत्ता गठबन्धन भत्काउन अनेक प्रयास भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पछिल्लो समय चल्दै आएको तारन्तारको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । बाहिर सरकारको चर्को आलोचना गर्ने र भित्रिभित्रै प्रचण्डसँग घनिभूत छलफलको रणनीतिमा एमाले छ ।