Breaking

बालकुमारी घटना : सुझाव सिफारिस गर्नेगरी उर्जा र कानूनमन्त्रीसहितको समिति गठन


काठमाडौं । सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताउनु भयो । उहाँले छानबिन गर्न गठित आयोगले सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी फागुन २० भित्र सुझाव सिफारिस गर्नेगरी उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गरको बताउनु भयो ।

बैठकले सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।