Breaking

सरकार र मिटरब्याज पीडितको वार्ता विथोलियो


काठमाडौं । २३ दिनको पैदल मार्चपछि काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितहरुसँग आज हुने भनेको वार्ता विथोलिएको छ ।

गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिएपनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पार्न खोजेपछि वार्ता विथोलिएको हो । सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका नीर्घ नविनका अनुसार, बिहान ९ बजे मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजेको थियो ।

गृह मन्त्रालयमा आइतबार सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो ।