Breaking

१४ किलो सुन तस्करीका फरार प्रतिवादी जीवन गुरुङ पक्राउ


काठमाडौँ – १४ किलो सुन तस्करी प्रकरणका फरार प्रतिवादी जीवनकुमार गुरुङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गुरुङलाई सोमबार बिहान पक्राउ गरेको हो ।

गुरुङ प्लाटिनम कलेजका सञ्चालक समेत हुन् । गएको मंसिर २१ गते फ्लाई दुबईमार्फत काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरिएको थियो । सो सुन तस्करीबारे अनुसन्धान गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरीले घटनामा गुरुङको संलग्नता रहेको खुलाएको थियो ।

त्यसयता उनी फरार थिए । काठमाडौंको सामाखुसीबाट उनलाई पक्राउ गरिएको सीआईबीले जानकारी गराएको छ ।