Breaking

संसद्‌मा आजदेखि प्रिबजेट छलफल


काठमाडौँ – प्रतिनिधिसभामा आजदेखि प्रिबजेट छलफल गरिँदै छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्नेछन् । गोप्य राखिने कर प्रस्तावबाहेक आउँदो आर्थिक वर्षमा सरकारको विनियोजन शीर्षकसम्बन्धी प्रस्ताव अर्थमन्त्री महतले पेस गर्नेछन् ।

प्रिबजेट छलफल बजेट अधिवेशन सुरु हुनुअघि ‘कर्मकाण्डी’ रूपमा मात्र हुने गरी सरकारले प्रस्तुत गर्ने विगतको अभ्यास थियो । त्यो व्यावहारिक नभएको भन्दै संसद्‌मा गरिएको बहसका आधारमा फागुनभित्रै प्रिबजेट छलफल सुरु गर्ने प्रतिबद्धता गरिएको थियो । सोहीअनुसार आजदेखि छलफल सुरु हुन लागेको संघीय संसद् सचिवालयले जानकारी गराएको छ ।