Breaking

एन्फा साधारण सभामा पदाधिकारी नै मञ्चमा देखिएनन्


काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाको नियमित साधारण सभा निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । शंखमुलस्थित अनमोल बैंकेटमा बिहान ९ बजे बोलाइएको साधारण सभा १० बजेपछि सुरु भएको हो ।

उद्घाटन समारोहमा एन्फाकै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उवाध्यक्ष विराजजंग शाही, दीर्घबहादुर केसी लगायत कार्यसमितिका पदाधिकारीहरु मञ्चमा देखिएका छैनन् । उपाध्यक्ष दिपक खतिवडाले स्वागत मन्तव्य राख्दै सबैजना एकजुट भएर अघि बढ्दै फुटबल विकास गर्नुपर्ने बताएका थिए । तर कार्यसमितिकै पदाधिकारीहरु फरक फरक समूहमा विभाजित हुँदा मञ्च खाली देखिएको छ ।

वरिष्ठ उपाध्यक्ष लगायत कार्यसमिति पदाधिकारी कार्यक्रम स्थलमा रहे पनि मञ्चमा आएका छैनन् । उपाध्यक्ष दावा लामाका लागि भने मञ्चमा सिट नै निर्धारण गरिएको छैन ।