Breaking

गुट भिडन्तले सकिँदै कांग्रेस, शेखरविरुद्ध शंशाकको कार्ड खेल्दै देउवा, बहाना चियापान–तयारी गुटको


काठमाडौँ – गुटका कारण पार्टि संकटमा परेको भन्दै सामुहिकता र रुपान्तरणको कुरा गर्ने कांग्रेस नेताहरु अहिले व्यक्तिवादमा रमाईरहेका छन् । महाधिवेशनकै झल्को दिने गरि आ–आफ्ना मान्छे भेला पार्न व्यस्त भएका उनीहरु यसलाई फरक मत राख्नेहरुबीचको मनमुटाव अन्त्यको उपाय भएको बताईरहेका छन् । केहिले यसलाई पार्टिभित्र अधिकारप्राप्तिका लागि आवाज मुखर गर्ने अवसर भएको व्याख्या गरेपनि यो कांग्रेसभित्रको व्यक्तिवाद भएको बुझ्न गाह्रो छैन ।

कांग्रेस महासमिति बैठक माछो माछो भ्यागुतो भएको वेला नेतृ तथा सभापति शेरबहादुर देउवापत्नी आरजु राणाले महिला नेतृहरुलाई भेला पारिन् । महिला महासमिति सदस्यलाई स्वागत तथा अन्तरक्रिया नाम दिईएपनि यो अवसर थियो आरजुको आफ्नो गुनासो सुनाउने मेलो । अर्थात यो निति अधिवेशन एकताको आधार हुनसक्ने चर्चाकाबीच उनले आयोजना गरेको दिवाभोज शक्ती प्रदर्शनको अर्को रुप थियो । शुक्रबार आयोजित यो कार्यक्रममा आफै नेताको श्रीमती भएकै नाताले समानुपातिकको फाईदा उठाए विर्सिएर उनले गोहिको आशु झारिन् ।

महिलाले अवसर नपाएको गुनासो गरिन अनि भनिन् – वडा तहदेखि पार्टीको केन्द्रिय संरचनासम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेर जान आवश्यक छ । यहि शिलशिलामा नयाँ गुटभेलाको कार्यक्रम शनीबार पूर्वमहामन्त्री डा.शंशाक कोईराला गरे । सभापति देउवालाई नै कार्यक्रममा उतारेर आफूपनि छुट्टै गुटको नेतृत्वमा रहेको संकेत गरेका उनले कांग्रेस एकढिक्का हुनुपर्ने बताए । शक्ति प्रदर्शनको छनक दिनेगरी सिलसिलावध्द आयोजना भोज आयोजना उनीहरु कांग्रेसमा एकताको सन्देश प्रवाह गरिरहेको छ कि गुटबन्दी अझ झाँगिदै गएको हो भन्ने प्रश्न बलियो बन्दा महासमिति सकेर घर फर्किने तरखरमा रहेका सदस्य समेत रुमलिरहेका छन् । जसलाई अझ अलमल पार्ने गरि उनले आगामी चुनावमा कांग्रेस एकताबद्ध भएर हिडे कसैले जित्न नसक्ने रोचक भाषण गरे । घुमाउरोमा पारामा सभापति वोकेका उनले देउवाले पार्टीभित्र सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । महासमिति बैठकमै पनि मर्यादाक्रम अनुसार बस्ने मिल्ने ठाँउमा भन्दा अधिंकाश समय देउवासंगै देखिएका उनले महामन्त्री गगन थापा र शंकर भण्डारीकै मुद्धालाई बोके । अर्थात मध्यमार्गी रहेका उनले आफू अस्थित्व फरक रहेको संकेत दिने प्रयासकै रुपमा चियापान हो भन्दा फरक पर्ने देखिदैन् । जहाँ शंशाकले पनि यो प्रयासलाई महासमितिमा भएको मनमुटाव माझ्ने अवसरकै संज्ञा दिन छोडेनन् ।

हुन त कांग्रेसमा चियापानलाई मेलमिलापको संस्कृतिको रुपमा लिने गरिन्छ । अहिले पनि कांग्रेसभित्रै बढेको गुट संघर्षकाबीच यसलाई अन्यथा मान्न नसकिने तर्क गर्नेहरुलाई पनि छन् । फलत ः चियापानको प्रबन्ध अन्यथा मान्न नसकिएपनि यसले दिने राजनीतिक सन्देशलाई वेवास्ता गर्ने अवस्था छैन् । जहाँ डा.शेखर कोईरालाले त पहिलेबाटै फरक गुट चलाईरहेका छन् । ६०–४० को भागवण्डा नगर्ने पार्टिलाई एकजुट बनाउने तथा रुपान्तर गर्ने उनले विगतमा देउवाले नै अंगालेको बाटो पछ्याईरहेका छन् । कहिले पार्टी प्यालेस मा त कहिले कुनै नेताको घरमा आफ्ना गुटका नेता भेला पार्ने उनले महासमिति बैठक उद्घाटनको अघिल्लो दिन व्यक्तिगत रुपमा चियापान गरेर छुट्टै सन्देश दिने थालनी गरे । यसले उनीहरुबीचको चियापानको प्रतिस्पर्धा पार्टि नेताहरुमा आफ्नो प्रभाव जमाउने आधार भएको प्रष्ट हुँदा उनीहरु नै पार्टिमा विभाजन हुन नहुने तर्क गरिरहेका छन् ।

कांग्रेसभित्र यहि व्यक्तिबाद हावी भएकै कारण मुद्धा र एजेण्डा भने कमजोर बन्दै गएका छन् । यहि कारण कुन दाईले वोले के टिप्पणी गर्ने भन्नेमा नेताहरु पहिल्यै तयार देखिदाँ महासमिति जस्ता प्लाटफर्म समेत पार्टिको रुपान्तरणको आधार बन्न सकेका छैनन् । यहि कारण एकै गुटमा रहेरपनि कहिले कहिले शेखर गगन नै भिड्ने कहिले फरक गुटहरुपनि नजिक भएको देखिने प्रवृत्ती बढिरहेको छ । जसले पार्टि हितका एजेण्डा समेत व्यक्तिको अस्थित्व स्थापीत गर्ने आधार त भईरहेको छैन भन्ने आशंका समेत छ ।