Breaking

भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र युवती मृत भेटिइन्


काठमाडौँ— कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दार्चुला घर भइ त्यहाँस्थित एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी हुन् । बिहान ४ बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थलमा प्रहरी टोली परिचालनसँगै घटनाबारे अनुसन्धान थालिएको प्रहरी उपरीक्षक जोशीले बताए । वडा कार्यालयको सीसीटीभी फुटेज जाँचसँगै मुचुल्का बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।