Breaking

सुनसरीमा एम्लुबेन्सभित्र गाँजा भेटियो


काठमाडौँ— सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्सभित्र गाँजा भेटिएको छ । बराहक्षेत्र नगरपालिका–१, चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलोको सो गाँजा बरामद गरिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र गाँजा भेटिएको सुरक्षा बेस चतराले जनाएको छ ।

बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाइएको छ ।