राजनीति

सडक तताएका राजावादीलाई माओवादीको चुनौती, हिम्मत भए विद्रोह गर, सदनमा चिच्याएर व्यवस्था ढल्दैन (भिडियोसहित)


काठमाडौँ— राजतन्त्रलाई प्रेतात्माको संज्ञा दिएको माओवादी सदनमा ‘राजा’ शब्द सुन्दैमा हच्किन पुग्छ भने राप्रपा पनि माओवदीको नाम सुत्रा साथ बिच्किने गरेको छ । सदनमा यी दुईबीचको जुहारीले राप्रपालाई पार्टीको औचित्य पुष्टि गर्नु पर्ने चुनौती खडा गरेको छ ।
विचार, सिद्धान्त केही नमिल्ने राजावादी राष्ट्रिय प्रजातन्त्र पार्टी र गणतन्त्रवादी माओवादी सदनमा सधै यसरी नै आक्रमक रुपमा प्रस्तुत हुने सामान्य जस्तै बनिसक्यो । राप्रपा गणतन्त्र स्थापनाको डेढ दशक बितिसक्दा पनि पुनः राजतन्त्र फर्काउन तल्लिन छ भने दुईसय ३९ वर्ष पुरानो त्यही राजतन्त्रको अन्त्य गर्ने प्रमुख मसिहा माओवादी मसनाको प्रेतात्मा नफर्कने तर्क गरिरहेको छ । वर्षाै देखि यसैमा मनमुटाव चल्दै आएको यी दुईबीचको भिडन्त अहिलेसम्म पनि जारी नै छ ।


राप्रपा र माओवादीको भिडन्त सदनमा मात्रै होइन सडकमा पनि देखिन्छ । गणतन्त्र ढालेर राजतन्त्र फर्काउने उद्घोषसहित गत बुधबारदेखि देशव्यापी आन्दोलन थालेको राप्रपा माओवादी नेतृत्वको बलबुँतामा खडा गरेको गणतन्त्रको साम्राज्यलाई तहसनहस गर्न उद्दत छ । माओवादीले गरेरको १० वर्षे सशस्त्र युद्ध र सात दलको सडक संघर्षसाथै जनताको दबावबाट प्राप्त गणतन्त्र फाल्न राजावादीहरू आन्दोलनमा त होमिएका छन् । तर, यही संविधानलाई आत्मसात गर्दै सदनको सबै सुविधा भोग गर्ने र यसैलाई फाल्न पनि खोज्नु न्यायोचित नहुने माओवादीको धारणा छ ।
यदि व्यवस्थाविरुद्ध नै जाने हो भने सबैभन्द पहिले संसद् भवन छोड्नु पर्ने उनीहरूको तर्क छ। संसद्भित्र बसेर जनतालाई भ्रमित गर्ने छुट नभएको भन्दै राजीनामा दिएर सडकमा कराउन माओवादीले चेतावनी दिएको छ ।

माओवादीका नेताले भने जस्तै राप्रपाभित्रै पनि प्रदेशदेखि प्रतिनिधि सभाका सबै सांसदले राजीनामा दिनु पर्ने धारणा यसअघि नै उठिसकेको छ । कोशी प्रदेशमा राप्रपाले सभामुखको जिम्मेवारी लिएसँगै केन्द्रले विरोध जनाएपछि सुरु भएको विवादले गणतन्त्रमा राजावादीले सभामुख लिन नहुने भए प्रतिनिधि सभाका सांसदले पनि राजीनामा दिएर बाहिरिनु पर्ने कोशीका प्रदेश संसद्ले प्रतिवाद गरेका थिए । विचारमा सबैभन्दा ठूलो शत्रुको रूपमा देखा पर्दै आएको गणतन्त्रवादी माओवादी र पार्टीभित्रै बाट पनि संसद्बाट बाहिरिने आवाज उठ्दा पार्टी नेतृत्व सोच्न बाध्य भएको छ । त्यसैले जस्तोसुकै विद्रोह गरेर भए पनि राजतन्त्र फर्काउने पथमा हिडेका उनीहरू प्रदेशमात्रै होइन प्रतिनिधि सभाबाट पनि बाहिरिने तयारीमा रहेको बताउँछन् । तर, सत्ता लिप्सा पनि नछोड्ने र अझै सत्तामा नै बसेर राजा फर्काउँछु भत्रुले कथनी र करणीको तादाम्यता भने मिलेको छैन ।

व्यवस्था नै काम नलाग्ने भन्दै राप्रपा राजा फर्काउन तल्लिन छ । त्यस्तै गणतन्त्रको मसिहा भत्रे माओवादी व्यवस्था विरोधीलाई तह लगाउन उद्दत छ । त्यसैको परिणाम स्वरुप राप्रपा र माओवादी एकअर्काप्रति सदनमा आक्रमक रुपमा प्रस्तुत हुँदै आईरहेका छन् । राजा फर्काउने मुद्दा लिएर सदन छिरेकोे राप्रपा अहिले यही विषयले आलोचित बनिरहेको छ । राप्रपाले संसद्को लोगो छातीमा भिरेर सबै सेवासुविधा भोगेर जति नै पेचिलो रुपमा राजा फर्काएउने चर्को स्वर गरे पनि अहिले नै त्यो सम्भव भने क्षिण देखिन्छ ।

यही संविधानबाट गणतन्त्र संशोधन गर्न नमिल्ने थाहा भएको राप्रपा व्यवस्था बदल्न आन्दोलनमा होमिएको छ । सदनमा बसेर आन्दोलनकै भरमा राजा नफर्कने र आफूहरूले जस्तै संघर्ष गर्न दिएको माओवादीको चेतावनीमा राप्रमा सकारात्म पनि देखिएको छ । अहिलेकै प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५२ माघमा ४० बुँदे मागपत्र बुझाएर जङ्गल पसेको थियो । जङ्गल पसेर व्यवस्था फाल्दै अहिले गणतन्त्रको नेतृत्व गरिरहेका प्रचण्डलाई नै ४० बुँदे पत्र बुझाएर आन्दोलन थालेको राप्रपाले माओवादीकै सिको गरेको छ । तर,आफ्नो अनुकूलतामा जनता पनि फर्कने पीपल पाते शैलीले राप्रपालाई शङ्का गर्ने सुविधा पनि मिलेको छ । अब राप्रपा यसरी नै सत्ताको सेवा सुविधा खाएर व्यवस्थाको विरोध मात्रै गरिबस्छ कि संसद्बाट बाहिरिएर राजतन्त्र फर्काउन संघर्षमा उत्रन्छ त्यो भने हेर्न बाँकी नै छ ।