Breaking

वाफ वुमन्स च्याम्पियनसिपमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै


काठमाडौँ – साउदी अरेबियामा भइरहेको वाफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले समूह चरणको अन्तिम खेलमा आज प्यालेस्टाइनसँग खेल्दैछ ।

समूह बीबाट यसअघि नै दुवै टोली सेमिफाइनल पुगिसकेकोले आजको खेलले समूह विजेताको निर्णय हुनेछ
यो खेल जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ ।

पहिलोपटक यस प्रतियोगिता खेलिरहेको नेपालले पहिलो खेलमा सिरियालाई ४-१ र दोस्रो खेलमा इराकलाई ५-० ले पराजित गरेको थियो ।