Breaking

विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि चोरी गरेकी थिइन् मनिषाले शिशु


काठमाडौँ – काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट शिशु चोरी गर्ने महिलाको पहिचान भएको छ । प्रहरीका अनुसार दैलेखकी मनिषा सिंहले बच्चा चोरी गरेकी थिइन् ।

आफ्नो बच्चा नभएका कारण आफूले सन्तानको रहर पूरा गर्न शिशु चोरी गरेको उनले प्रहरीसँग बताएकी छन् । विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले बच्चा चोरेर सन्तानकै रूपमा हुर्काउने योजना बनाएर प्रसूति गृह पुगेको पाइएको प्रहरीले जनाएको छ ।
२४/२५ वर्ष उमेर भए पनि विवाह गरेको लामो समय भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।