समाचार

भक्तपुरबाट सम्पर्कविहीन ढकाल मृत भेटिए


काठमाडौँ— तेह्रथुमको छथर गाउँपालिका – २ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकाल मृत फेला परेका छन् । दुई दिन अघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका उनी आज भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डिएसपी बसन्त पाठकका अनुसार ढकालको शव रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

प्रहरीका अनुसार उनी यही फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न जान्छु भनी निस्किएका थिए । तर घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिएका थिए । त्यसपछि प्रहरी टोली उनको खोजीमा जुटेको थियो ।

उनी मृत अवस्थामा फेला परेपछि अपराध अनुसन्धान विभाग र नेपाल प्रहरीको केनाइन कार्यालय महाराजगञ्जबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी पाठकले जानकारी दिए ।

भक्तपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो रु
ण्५

खुसी

टठ५

दुःखी

ण्५

अचम्मित

ण्५

उत्साहित

घघ५